२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'कारोनाका तीन हजार ५६२ सङ्क्रमित थपिए'

बिहिवार , बैशाख ३०, २०७८

काठमाडौं, बैशाख । काठमाडौं उपत्यकामा कारोना भाइरसका तीन हजार ५६२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा देशभरि आठ हजार ८४२ सङ्क्रमित थपिएकोमा उपत्यकाका तीन हजार ५६२ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ५६२ मा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

काठमाडौंमा दुई हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा हाल ३१ ह्जार ७३, ललितपुरमा छ हजार ८४० र भक्तपुरमा चार हजार ७५३ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक लाख २४ हजार ४५२ , ललितपुरमा १९ हजार २१५ र भक्तपुरमा दश हजार ६१४ कोरोनामुक्त भएका छन् । काठमाडौंमा हालसम्म एक हजार सात जना, ललितपुरमा २७२ र भक्तपुरमा २०१ को कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार