२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "आठ हजार ८४२ सङ्क्रमित थपिए, २१४ को मृत्यु "

बिहिवार , बैशाख ३०, २०७८

काठमाडौं, बैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १९ हजार ४७४ को आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५  सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा २१४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार