२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्‍य : तोलामा चार सय रुपैयाँले घट्यो, ९१ हजार ६ सय कायम

बिहिवार , बैशाख ३०, २०७८

काठमाडौं, वैशाख। बिहीबार सुन र चाँदी दुवैको मूल्‍य घटेको छ ।

सुनको मूल्‍य तोलामा चार सय र चाँदीको मूल्‍य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्‍य बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्‍य ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्‍यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार