काठमाडौँ, वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९२४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ संक्रमित भेटिएका हुन् ।
यस्तै बुधबार मात्रै देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिएका छन् भने १६८ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।