काठमाडौं, बैशाख । २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र करिब चार हजार संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा ३ हजार ९२७ मा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ मा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२५ को मृत्यु भएको छ।
यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४८३ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार २ हजार ५९६ को पीसीआर परीक्षण र ७२० को एन्टिजेन परीक्षण गर्दा ९ हजार ४८३ मा संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २२५ ले कोरोना जितेका छन्।