२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' ९ हजार ४८३ संक्रमित थपिए, २२५ को मृत्यु '

मंगलवार , बैशाख २८, २०७८

काठमाडौँ, बैशाख । नेपालमा मंगलबार ९ हजार ४८३ कोरोना संक्रमित थपिएका छन् ।

कूल २१ हजार ३१६ को परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिड १९ को गत २४ घन्टाको विवरण अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा ५ हजार २२५  संक्रमणमुक्त भएको जनाएको छ।

त्यस्तै सोही अवधिमा २२५ को ज्यान गएको पनि मन्त्रालयले जनाएको छ। सो संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत भएको स्पष्ट पारेको छ।

गत २४ घन्टामा २० हजार ५९६ को पीसीआर परीक्षण र ७२० को एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार