२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम प्रदेश :   'पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले १७ काे ज्यान गयाे'

मंगलवार , बैशाख २८, २०७८

 डोटी,  वैशाख ।  सुदूरपश्चिम प्रदेशमा  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा १७ ले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार,  कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक ले ज्यान गुमाएकाे जनाइएकाे छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा गएको एक सातामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । वैशाख २० गतेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७ रहेको थियो । सोमबार उक्त संख्या  २२५ पुगेको छ ।

एण्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका ९६ र पीसीआर विधिबाट संक्रमित पुष्टि भएका  १२९ ले ज्यान गुमाएका छन् । कैलालीमा सवैभन्दा बढी १०२  संक्रमितले ज्यान गुमाएका छन् । कञ्चनपुरमा ७०, बझाङमा ११, बैतडी र अछाममा १०/१०, दार्चुला र बाजुरामा ६, डडेल्धुरामा पाँच र डोटीमा चारले हालसम्म कोरोनाको कारण ज्यान गुमाउनु परेको छ ।

अन्य जिल्लाका एक  संक्रमितको पनि ज्यान गएको छ । आइतबार कैलालीका नौ, कञ्चनपुरका सात, बाजुरा र दार्चुलाका एक÷एक गरी १८ ले ज्यान गुमाएका छन् । एकै दिनमा मृत्यु हुने संख्या यो हालसम्मकै सबैभन्दा बढी हो ।

यस्तै, वैशाख २५ गते कैलालीका आठ, कञ्चनपुर र बैतडीका दुई/दुई, दार्चुला र अछामका एक/एक जनाले कोरोना विरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । वैशाख २४ गते कैलालीका आठ, कञ्चनपुरका तीन र डोटी र बैतडी जिल्लाका एक/एकले ज्यान गुमाए । २३ गते कञ्चनपुरका आठ, कैलालीका ६, बझाङ, अछाम र दार्चुलाका एक/एक गरी १७ ले ज्यान गुमाए ।

यस्तै, २२ गते कैलालीका चार, कञ्चनपुरका दुई, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडीका एक/एक गरी ११ को ज्यान गयो । वैशाख २१ गते कैलालीका चार, कञ्चनपुरका दुई र बझाङका एकले पनि कोरोना ज्यान गुमाउनु पर्‍यो ।

बर्दिया घर भई कैलालीमा उपचार गराइरहेका एक जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ । सुदूरपश्चिममा सोमवारसम्म संक्रमितको संख्या २४ हजार  ८७२ रहेको छ ।

यस आधारमा कुल संक्रमित संख्याको ०.३९ प्रतिशतले ज्यान गुमाइरहेका छन् । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा  ७५२ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४ हजार ८७२ पुगेको छ । वैशाख २० सम्म कुल संक्रमितको संख्या १९ हजार ६९२ रहेको थियो ।

एक साताको अवधिमा पाँच हजार  १८० नयाँ संक्रमित थपिएका छन् । हालसम्म १६ हजार १०५ ले कोरोना विरुद्धको लडाइँ जितेका छन् । पीसीआर एक लाख ५३ हजार ९० र ऐण्टिजेन ३२ हजार  २७८ गरी हालसम्म एक लाख ८५ हजार  ३६८ जनामा परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार