काठमाडौं, बैशाख । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १९८ सङ्क्रमित थपिएका छन् ।
देशभरि आठ हजार ७७७ थपिएकोमा करिब पचास प्रतिशत सङ्क्रमित काठमाडौं उपत्यकामै थपिएका हुन् ।
पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो ।
यसअघि उपत्यकामा गत् शुक्रबार चौबीस घण्टामा चार हजार १०६ सङ्क्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीन हजार १६१, ललितपुरमा ५३३ तथा भक्तपुरमा ५०४ सङ्क्रमित थपिएका छन् ।