काठमाडौं, बैशाख । पछिल्लो २४ घण्टामा ८८५० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ र ५०६ एन्टिजेन परीक्षणमा ७३ गरी ८ हजार ८५० पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आइतबार देशभर गरी ८८ हजार १६० सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा र ६ हजार ७३० संस्थागत आइसोलेसनमा रहेका छन् ।