२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'तीन हजार ११३ कोरोना सङ्क्रमित थपिए'

शनिवार , बैशाख २५, २०७८

काठमाडौं, बैशाख । काठमाडौं उपत्यकामा कोरोना भाइरसका तीन हजार ११३ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् ।

देशभरि पछिल्लो चौबीस घण्टामा आठ हजार २८७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा दुई हजार २७० सङ्क्रमित थपिएका छन् ।

ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा चौबीस घण्टामा थपिएका सङ्क्रमित शुक्रबार चौबीस घण्टाको अपेक्षा करिब एक हजारले कम हो ।

उपत्यकाको तीन जिल्लामा हाल ३५ हजार ६७८  सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा पाँच हजार ७१२ र भक्तपुरमा तीन हजार ५४० मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक लाख ४१ ह्जार ८२६, ललितपुरमा २३ हजार ७५८ र भक्तपुरमा १३ हजार ६२६ सङ्क्रमित भएका छन् । काठमाडौंमा एक लाख १४ हजार ५८०, ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४  निको भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार