काठमाडौं, बैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ को आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ९८९ को एन्टीजेन परीक्षण गरिएकोमा १३१ को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार ३७० सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ७७.४ प्रतिशत छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५३ सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ ले ज्यान गुमाएका छन् ।
हाल ८३ हजार ४९३ मा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० को आरटीपीसीआर परीक्षण गरिएको छ ।