२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

गण्डकी प्रदेश : ' थप तीन कोरोना संक्रमितको मृत्यु '

शनिवार , बैशाख २५, २०७८

काठमाडौं ,बैशाख । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एकको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको बताइएको छ । यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७:२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५:१८ बजे मृत्यु भएको छ ।

वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार