२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'कोरोना संक्रमितको संख्या ४ हजार नाघे'

शुक्रवार , बैशाख २४, २०७८

काठमाडौं, । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ हजार एक सयमा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् । यस्तै काठमाडौँमा २५ हजार ९४० सक्रिय संक्रमित छन्।

यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ। यस्तै भक्तपुरमा ३ हजार २५२ सक्रिय संक्रमित छन् ।

यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना ९१९६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० को मृत्‍यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार