२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कर्णाली प्रदेश : '३८१ मा कोरोना संक्रमण पुष्टि'

शुक्रवार , बैशाख २४, २०७८

सुर्खेत, बैशाख । शुक्रबार कर्णाली प्रदेशमा ३८१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ मा गरिएको पीसीआर परीक्षणमा ३८१ मा संक्रमण पुष्टि भएको हो ।

अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ रहेका छन् ।

शुक्रबार सुर्खेतमा थप २७३ मा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा हालसम्म ८२ कोरोनाका संक्रमित उपचाररत रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

जसमध्ये १२ को भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्ला दिनहरूमा कोराना संक्रमितमा गम्भीर प्रकृतिका लक्षण देखिन थालेको उनी बताउँछन् । सिकिस्त बिरामीको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार व्यवस्थापनमा समेत समस्या देखिने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार