२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लुम्बिनी प्रादेशिक अस्पताल : 'थप दुई कोरोना संक्रमितको मृत्यु'

शुक्रवार , बैशाख २४, २०७८

बुटवल , बैशाख । रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२.१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान ३.५३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ को मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २४२ को मृत्यु भएको छ । जिल्लामा ५ हजार ४८९ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार