२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : 'पछिल्लो २४ घण्टामा ७०० मा कोरोना संक्रमण पुष्टि'

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं, वैशाख । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० मा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

तीनवटा ल्याबमा ९२७ को नमुना परीक्षण गर्दा ७०० मा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ महिला र ३९९ पुरुष छन् ।

उनका अनुसार भेरी अस्पतालको ल्याबमा ५३५ को नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ को नमुना परीक्षण गर्दा ८६ र बागेश्वरी ल्याबमा २८३ को नमुना परीक्षण गर्दा १८७ मा संक्रमण पुष्टि भएको हो ।

बाँकेका मात्रै संक्रमित संख्या ५०० रहेको छ । जसमध्ये २२३ महिला र २७७ पुरुष छन् । बाहिरी जिल्लाका ७८ महिला र १२२ पुरुष गरी कुल २०० मा संक्रमण पुष्टि भएको ओलीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार