२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'आठ हजार ९७० सङ्क्रमित थपिए, ५४ काे मृत्यु'

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं, बैशाख । नेपालमा कोरोना भाइरसका आठ हजार ९७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ को आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ ।

हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । मन्त्रालयले चौबीस घण्टाको अबधिमा ७७५ को एन्टिजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये एकसय को रिर्पोट पोजेटिभ देखिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ७०७ सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ९२ हजार ४९० कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने ७९.४ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५४ सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म तीन हजार ५२९  सङ्क्रमितको मृत्यु भएको छ । हाल ३१४  क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार