२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : कोरोना सङ्क्रमण मुक्त हुने बढ्दै

बिहिवार , बैशाख २३, २०७८

पालगञ्ज, वैशाख । बाँकेमा गत केही दिन यता आएर कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ । बुधवारसम्म दैनिक सयभन्दा बढी सङ्क्रमित निको भएर सङ्क्रमणमुक्त भै डिस्चार्ज हुने क्रम जारी रहेकोमा विहीबार एकैदिन ५०८ संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यति धेरै सङ्ख्यामा एकैदिन सङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन। उनले बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८  कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको जनाए ।

सङ्क्रमित भएर होम आइसोलेसन र जिल्लाका अन्य विभिन्न आइसोलेसनमा रहनुभएका सङ्क्रमित सङ्क्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्लामा कोरोना विजेता बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामी सङ्क्रमितको पनि मनोबल बढेको भेरी अस्पतालले जनाएको छ ।

सो अस्पतालका सुचना अधिकारी डा. संकेतकुमार रिसालले बिहीबार ५०८ सङ्क्रमणमुक्त भएपछि लक्षण भएका र नभएका अन्य सङ्क्रमितको मनोबल निकै उच्च भएको बताएका छन ।

उनले समयमै कोरोना परीक्षण गराउने, सुरक्षाका उपाय अपनाउने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवनसँगै अन्य दिनचर्या गर्ने हो भने कोरोनालाई सहज रुपमै पराजित गर्न सकिने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार