२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कास्की : 'पोखरामा उपचाररत ४  कोरोना संक्रमितको मृत्यु '

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं , बैशाख । कास्कीको पोखरामा उपचाररत ४  कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ को मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एक छन् । चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृत्यु भएको उनले बताए ।

उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो ।

पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको डा. शर्माले बताए । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार