२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "आठ हजार ६०५  सङ्क्रमित थपिए, ५८  काे मृत्यु"

बुधवार , बैशाख २२, २०७८

काठमाडौं, बैशाख । नेपालमा कोरोना भाइरसका आठ हजार ६०५  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ को आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत् सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ को परीक्षण गरिएकोमा २३ हजार ७१३ मा सङ्क्रमणको पुष्टि भएको बताएका छन ।

उनले पछिल्लो चौबीस घण्टामा ६१६ को एन्टीजेन परीक्षण गरिएकोमा ५४ मा पोजेटिभ पाइएको बताए । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ५९ हजार ६६० पुगेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ९९३  सङ्क्रमित कोरोनामुक्त भएको बताए ।

हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने दर ८०.६ प्रतिशत पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५८  सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार