२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कैलाली : ' थप चार कोरोना सङ्क्रमितको मृत्यु '

बुधवार , बैशाख २२, २०७८

धनगढी, वैशाख । कैलालीमा उपचारको क्रममा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा तीन  कैलाली र एक कञ्चनपुरका रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुषको आज विहान ८ बजे, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३४ वर्षीय पुरुषको विहान ४ः२० बजेतिर मृत्यु भएको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ का ५८ वर्षीय पुरुष गौरीगङ्गा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको हिजो राति मृत्यु भएको थियो । यो संगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार