काठमाडौं, बैशाख । नेपालमा कोरोना भाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ को आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीनलाख ५१ ह्जार पाँच पुगेका छन् ।
पछिल्लो चौबीस घण्टामा ५५ सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।