२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

हेटौंडा अस्पताल : ' थप एक कोरोना संक्रमित महिलाको मृत्यु '

मंगलवार , बैशाख २१, २०७८

हेटौंडा, वैशाख । हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।

छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

यसअघि, हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगञ्‍जका ४६ वर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार