२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम : ' थप दुई संक्रमितको मृत्यु'

मंगलवार , बैशाख २१, २०७८

धनगढी, बैशाख । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुईजनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमर्जेन्सी वार्डमा मृत्यु भएको श्रेष्ठले बताए । यस्तै महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ती पुरुषको सोमबार साँझ मृत्युभएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार