२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बुटवल : 'उपचाररत छ कोरोना संक्रमितको मृत्यु'

सोमवार , बैशाख २०, २०७८

बुटवल, वैशाख । बुटवलको कोरोना अस्थायी अस्पतालमा उपचाररत छ कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ को मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष र बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै अर्घाखाँचीको धातिबाङका ७५ वर्षीय पुरुष, कपिलवस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुष र सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि शनिवार बुटवलस्थित कोरोना अस्पतालमा नवलपरासी पश्चिमका दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार