२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काेराेनाकाे कहर कहालीलाग्दाे

नेपालमा कोरोना : 'हालसम्मकै सर्वाधिक संक्रमित, पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थपिए '

आइतवार , बैशाख १९, २०७८

काठमाडाैँ, बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ गरी एकै दिन ७ हजार २११ मा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ गरी ३५९५ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमित मात्र ४८ हजार ७११ छन्। गत २४ घण्टामा एक हजार ६१२ उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार