२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कर्णाली प्रदेश : 'थप चार संक्रमितको मृत्यु'

शनिवार , बैशाख १८, २०७८

सुर्खेत, वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मृतक चारैको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार