२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कर्णाली प्रदेश : '२१४ मा कोरोना संक्रमण पुष्टि'

शनिवार , बैशाख १८, २०७८

सुर्खेत, बैशाख । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ मा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ मा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ छन् । यस्तै दैलेखका २१ , जुम्लाका ९, कालीकोटका १३ , मुगुका एक र अन्य प्रदेशका ७  रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४३७ मा गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा ४५ मा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दैलेखका ११  जुम्ला र कालीकोटका १३/१३ , डोल्पाका ६ र मुगुका दुई छन् ।

निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार शनिबार मात्रै प्रदेशमा थप १०  कोरोनामुक्त भएका छन् । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६३३ पुगेको छ ।

प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार