२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोनाविरुद्ध खोप : ' २१ लाखलाई लगाइयाे , स्टक कम '

शनिवार , बैशाख १८, २०७८

काठमाडाैं, वैशाख । गतवर्षको माघ १४ देखि फागुन शुरु भएको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएकाे छ यस अवधिमा कुन–कुन उमेर समूहलाई खोप लगाउनुभयो भन्ने जिज्ञासामा खाेप महाशाखा प्रमुख झलक गौतमले उमेर समूहभन्दम पनि प्राथमिकता तोकेको आधारमा खोप अभियन चलाएको बताएका छन ।

फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको उनले बताए । त्यसपछि केही दिन अगाडिमात्र पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा दिने आह्वान गरेको थियौं । त्यसमा तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेको उनले जानकारी दिए ।

गौतमले भारतीय र चिनियाँ दुवै खोप गरी अहिलेसम्म जम्मा २१ लाखले खोप लगाएको बताए । अब भारत र चीनबाट थप खोप ल्याउने पहल कहाँ पुग्यो भनेर गोरखापत्र अनलाइनले राखेको जिज्ञासामा उनले आफूलाई यसबारे थाहा नभएको बताए । साथै उहाँले स्वास्थ्य मन्त्रालयले रुसी खोपलाई स्वीकृत दिएको र यो ल्याउने अभियानबारे पनि आफूलाई जानकारी नभएको बताए। ‘मसँग खरिद प्रक्रियाको सम्बन्ध छैन ।

मैले हेर्ने भनेको खोप सञ्चालनसम्बन्धी अभियानमात्र हो,’ उहाँले भन्नुभयो, ‘पहिलो कुरा अहिले हामीसँग खोप छैन ।’ खोप अभावका कारण बाँकी खोप केही सेन्टरहरुमा आह्वान गर्ने उनले बताए । त्यसो भए अहिले कति जति खोप स्टक होला त ? भन्ने प्रश्नमा उनले हामीलाई चाहिने भ्यारोसियल खोप हो । ‘आठ लाखमध्ये तीन लाख ७२ हजारले भ्याारोशियल खोप लगाइसके ।

अब त्यसलाई दोस्रो मात्राको लागि पनि छुट्याउनुपर्छ । यस हिसाबले हामीसँग खोप कम छ,’ उनले भने । उनले बाँकी खोप अत्यावश्यक सेवामा संलग्नहरुलाई नै दिने बताए । अहिलेसम्म जति पनि खोप लगाइयो फन्टलाइनर, ज्येष्ठ नागरिकलाई मात्र लगाइयो ।

कोरोनाको जोखिममा त बालबालिका पनि छन् उनीहरुलाई किन खोप नदिइएको भन्ने जिज्ञासामा उनले बालबालिकाको लागि कोरोना खोपन नै नबनेको बताए । १८ वर्षभन्दा कम उमेर समूहकालाई खोप नै बनेको छैन । कोभिड–१९ को खोप बालबालिकाको लागि नबनेको र यसबारे कुनै तथ्याङ्क पनि नआएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार