२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

वीरगञ्ज : ' २८० को स्वाब परीक्षण , १९३ मा सङ्क्रमण पुष्टि'

शनिवार , बैशाख १८, २०७८

वीरगञ्ज , वैशाख । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको २८० जनाको आरटी पिसिआर परीक्षणमा १९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार राती अबेरसम्म गरिएका परीक्षणको नारायणी अस्पतालको प्रयोगशालाले शनिबार बिहान मात्र परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो ।

सङ्क्रमण पुष्टि हुनेमा पर्साका १५१ , बाराका ३० रौतहटका ४, सर्लाहीका ३ , चितवनका २ , धनुषा, बर्दिया र नवलपरासीका १/१ छन् । सङ्क्रमण पुष्टि भएका पर्सा जिल्लाबाहेक अन्यत्र स्थायी घर भए पनि उनीहरुको स्वाब नमूना वीरगञ्जमा नै सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।

२.५ वर्षदेखि ७७ वर्ष उमेर समुहका थपिएका सङ्क्रमितमध्ये १३६ पुरुष र ५७ महिला छन् । यसअघि विहीबार २८८ परीक्षण गर्दा १७५ , बुधबार २८८ परीक्षण गर्दा १६९ , मङ्गलबार २१० परीक्षण गर्दा १२४ , सोमबार १४० परीक्षण गर्दा ७६, आईतबार १४० परीक्षण गर्दा ९९ , शनिबार १४० परीक्षण गर्दा ९० , शुक्रबार १३९ परीक्षण गर्दा ८६ मा सङ्क्रमण पुष्टि भएको थियो ।

यसरी अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको ८ दिनमा वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा १६२५ को परीक्षण गर्दा १०१२ मा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरुको सङ्क्रमण सर्न सक्ने सिटी भ्यालु १३.१ देखि ३४.१ सम्म छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा सङ्क्रमितबाट सङ्क्रमण छिटो नसर्ने बताइन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड १९ सम्पर्क व्यक्ति विनय श्रीवास्तवका अनुसार कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएदेखि हालसम्म सङ्क्रमण पुष्टि भएका १ हजार २६२ होम आइशोलेसनमा रहेकोमा १६० सङ्क्रमण मुक्त भएको र १ हजार १०२ अहिले पनि होम आइशोलेसनमा छन् ।

पर्साको वीरगञ्जका विभिन्न अस्पतालमा हाल ८१ सङ्क्रमित उपचाररत छन् । वीरगञ्जमा उपचाररत ८१ सङ्क्रमितहरुमा नारायणी अस्पतालमा ४ , नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा १८ , नारायणी बयोधा अस्पतालमा १४ र गण्डक हस्पिटलमा ८ छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार