काठमाडौं, वैशाख । नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९को आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ मा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १ हजार २८७ सङ्क्रमित निको भएको उल्लेख गरेको छ । सो अवधिमा १९ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४३ हजार २१३ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५६६ को एन्टीजेन परीक्षण गरिएकोमा ५७ मा पोजेटिभ पाइएको छ ।
हालसम्म दुई लाख ८२ हजार ३८२ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २९८ को मृत्यु भएको छ । हाल ४३ हजार २१३ आइसोलेशनमा छन् ।