धनगढी, वैशाख । कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई र होम आइसोलेसनमा बसिरहेका एक को मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए ।
रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।