२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोनाबाट गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

शुक्रवार , बैशाख १७, २०७८


वीरगञ्ज, बैशाख । पर्सा कालिकामाइ गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको शुक्रबार बिहान निधन भएको छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन जनता दलबाट पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारी निवासी ७९ वर्षीय  कुशवाहाको शुक्रबार बिहान अस्पताल लैजाने क्रममा  निधन भएको हो ।
कालिकामाई गाउँपालिका वडा नं ५ का अध्यक्ष पवन तिवारीका अनुसार  एक साताअघि ज्वरो र रुघाखोकीले ग्रसित हुनुभएका गाउँपालिकाका अध्यक्ष कुशवाहा आफ्नो डा. छोरा  दिलीप कुशवाहाको वीरगञ्जस्थित डेरा बसेर औषधी उपचार गराउर्दैै आएका थिए । 
शुक्रबार बिहान अचानक गाउँपालिकाका अध्यक्ष कुशवाहाको स्वास्थ्य जटिल भएपछि वीरगञ्जस्थित डा. छोराको डेराबाट अस्पताल लैजाने क्रममा बाटोमै मृत्युभएको वडा वडा अध्यक्ष तिवारी जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार