वीरगञ्ज, बैशाख । वीरगञ्जमा उपचाररत थप तीन संक्रमितहरुको मृत्यु भएको छ । वीरगञ्ज नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार नारायणी अस्पतालको आइशोलेसनमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ संक्रमितको मृत्युभएको हो ।
एक ७७ वर्षीय पुरुष र शुक्रबार बिहान पौने २ बजे एक ४८ वर्षीया महिलाको नारायणी अस्पतालको आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिएका छन ।
निमोनियाले सिकिस्त वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाकी ४८ वर्षीया महिलालाई बैशाख १२ मा उपचारको लागि अस्पतालमा ल्याईएको थियो । त्यही दिन पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । बैशाख १२ देखि उपचाररत ती महिलाको शुक्रबार बिहान पौने २ बजे उपचारको क्रममा नारायणी अस्पतालको आइशोलेसनमा मृत्यु भएको हो ।
त्यस्तैगरी, बैशाख १४ मा संक्रमण पुष्टि भएकी निमोनियाले सिकिस्त वीरगञ्ज महानगरपालिका वडा न. ३ कि ४७ वर्षीया महिला विहीबार अस्पतालमा भर्ना भई उपचारको क्रममा सोही दिन राति ९ः३० बजे मृत्यु भएको थियो ।
बैशाख १० गते नारायणी अस्पतालमा भर्ना भएका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २४ का ७७ वर्षीय पुरुषमा सोही दिन पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो भने बिहीबार राति ११ ः३० बजे मृत्यु भएको हो ।