२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पाँच हजार ६५७ सङ्क्रमित थपिए'

शुक्रवार , बैशाख १७, २०७८

काठमाडौं, वैशाख । नेपालमा कोरोनाभाइरसका पाँच हजार ६५७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ३९१ को आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६५७ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ३८ हजार ८१३ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५२५ को एन्टीजेन परीक्षण गरिएकोमा ७० मा पोजेटिभ पाइएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९२८ सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।

हालसम्म दुई लाख ८१ हजार ९५ कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ८६.९ प्रतिशत छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा रिर्पोट प्राप्त भएको मृत्यु सङ्ख्या ३३ र चौबीस घण्टाभित्रमा मृत्यु भएकाहरुको संख्या २८ रहेको जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २७९ को मृत्युभएको छ । हाल ३८ हजार ८१३ आइसोलेशनमा र ५५ क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार