२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : '२२ जिल्ला कोरोना संक्रमणबाट अतिप्रभावित, अस्पतालमा शैया अभाव'

शुक्रवार , बैशाख १७, २०७८

काठमाडौं,  बैशाख   । कोरोना भाइरसको संक्रमण डरलाग्दो किसिमले बढ्दै गएको भन्दै अत्याधिक संवेदनसिल हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कैलाली, कञ्चनपुरलगायतका २२ जिल्ललाई अति प्रभावित जिल्लाका रुपमा राखिएको छ ।

यी जिल्लामा संक्रमण डरलाग्दो किसिमले बढिरहेको र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको हो । यस्तो अवस्था पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित रहन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने काम पूर्णरुपमा नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक स्थानमा जाने, भीडभाड हुने काम समेत नगर्न र नगराउन समेत मन्त्रालयले भनेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार