२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

टेकु अस्पताल : "संक्रमित बढ्दै ६८ गम्भीर, १३ काे अवस्था अति गम्भीर"

शुक्रवार , बैशाख १७, २०७८

काठमाडौं, वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो ।

तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ । विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले सञ्चारकमीलाइ बताएका छन ।

उनले भने, ६८ मध्ये १३ को अवस्था अझ नाजुक छ । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै उपचारका लागि टेकु अस्पताल पुगेको सङ्ख्या पनि बढ्दै गएको निर्देशक राजभण्डारीले बताए ।

‘कोरोना संक्रमित दिनानुदिन बढ्दै छ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ उनले भने,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’

उनका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको बताए । ‘अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको छ ।

अहिले त्यसलाई बढाएर ७० पुग्याएका छौं,’ उनले भने, ‘अस्पताल सानो छ अझै बेडको अवश्यक पर्छ । तर, राख्ने ठाउँ छैन । हामीले बाहिरै बेड राखेर भएपनि सङ्क्रमित बिरामीको उपचार गरिरहेका छौ ।’

अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीबाहेकका सामान्य बिरामीलाई अन्य अस्पतालसँग समन्वय गरेर बेड खाली भएको ठाउँमा पठाउने गरेको उनले बताए। अस्पतालमा उपचार सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको समेत उनले बताए ।

‘यहाँ उपचाररत संक्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पदैन,’ निर्देशक राजभण्डारीले भने, ‘उहाँहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौ । तर, नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने हुन्छ ।

अक्सिजन पर्याप्त नहुँदा समस्या भएको छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौंका १ हजार १२७ , भक्तपुरका १८२ र ललितपुरका २५२ कोरोना सङ्क्रमित भेटिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार