२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नारायणी अस्पताल : थप ३ कोरोना संक्रमितको मृत्यु

शुक्रवार , बैशाख १७, २०७८

वीरगञ्ज, बैशाख । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ ।

वैशाख १२ गते उपचारका लागि ल्याइएकोमा उनको सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका छन् ।

यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो ।

उपचारको क्रममा बिहीबार राति ९:३५ मा उनको मृत्यु भएको थियो । जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११:२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार