काठमाडौं, वैशाख । नेपालमा कोरोना भाइरसका चार हजार ८३१ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ को आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ मा सङक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ९६३ को एन्टीजेन परीक्षण गरिएको छ । एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै चाैबीस घण्टामा ३५ काे मृत्यु भएकाे छ ।