२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नारायणी अस्पताल  : ‘२८८ को स्वाव परीक्षण, १६९ मा संक्रमण पुष्टि’ 

बिहिवार , बैशाख १६, २०७८


वीरगञ्ज, बैशाख । वीरगञ्जको नारायणी अस्पतालमा बुधबार राती अबेरसम्म गरिएका २८८ को स्वाब नमुना परीक्षण गर्दा १६९ मा कोरोना संक्रमण पुष्टि भएको छ । 
नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोजरोशन दासका अनुसार बुधबार राती अबेरसम्म परीक्षण गरिएकाले विहीबार सार्वजनिक गरिएको रिर्पोटमा १६९ मा कोरोना संक्रमण पुष्टि भएको हो । 
संक्रमण पुष्टि भएका नयाँ संक्रमितमध्ये १४० पर्सा, २४ बारा, ३ रौतहट र एक÷एकजना दैलेख र सर्लाहीका रहेका छन् ।  कोरोनाको दोस्रो लहर सुरु भएदेखि नारायणी अस्पतालमा गरिएका स्वाव परीक्षणमा  एकै दिन सबैभन्दा बढी संख्यामा संक्रमित फेला परेको बुधबार नै हो । वीरगञ्जमा चैत २७ गतेदेखि बैशाख १५ बुधबारसम्म गरिएका परिक्षणबाट एकहजार ५८ नयाँ संक्रमित थपिएका छन् । 
चैत २७ देखि बैशाख १५ सम्मको अवधिमा २ हजार ८४६ को परीक्षण गर्दा आधाभन्दा बढी अर्थात एकहजार ५८४ मा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिए । 
बुधबार नै कोरोनाको दोस्रो लहर सुरु भएदेखि एकै दिन मृत्यु हुने संक्रमित सबैभन्दा बढी रहेको थियो । वीरगञ्जमा बुधबार मात्रै थप ५ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ३ महिला र २ पुरुष गरी ५ संक्रमितको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।   
सर्लाहीको धनकौल गाउँपालिका ४ का ४३ वर्षीय पुरुषको बुधबार बिहान पौने २ बजे , बाराको सुवर्ण गाउँपालिका–७ कि ३० वर्षीया महिलाको बुधबार बिहान सवा १२ बजे ,  वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कि ६० वर्षीया महिलाको बिहान १० बजे , रौतहट जिल्ला राजवराका ५० वर्षीया महिलाको बुधबार दिउँसो पौने २ बजे र वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षीय पुरुष संक्रमितको उपचारको क्रममा बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको हो ।  
कोरोना संक्रमणको दोश्रो लहर शुरु भएयता वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत २३ संक्रमितको मृत्यु भइसकेको छ । वीरगञ्जमा संक्रमण र मृत्युदर दुवै बढ्दै गएपछि पर्सा जिल्लाभर बैशाख १६ गते बिहीबारदेखि बैशाख २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार