२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भेरी अस्पताल: उपचार गराइरहनु भएका थप दुई कोरोना संक्रमितको मृत्यु

बुधवार , बैशाख १५, २०७८

नेपालगञ्ज, वैशाख । यहाँस्थित भेरी अस्पतालमा उपचार गराइरहनु भएका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एक पुरुष रहेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधवार विहान मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ की ३९ वर्षीया महिलालाई बैशाख ८ गते कोरोना पुष्टि भएकोमा उहाँको स्वास्थ्य अवस्था विग्रिएपछि भेरीमा भर्ना गरेर उपचार भैरहेकोमा गएराती मृत्यु भएको हो ।

सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषमा बैशाख १ गते कोरोना पुष्टि भएकोमा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोले उहाँ ५ दिन होमआइसोलेसनमा बस्नु भएको थियो । तर, भाइरसले च्याप्दै गएपछि बैशाख ६ गते उहाँलाई भेरीमा भर्ना गरिएकोमा उपचारकै क्रममा बुधवार विहान साढे २ बजे मृत्यु भएको ओलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार