काठमडौं, बैशाख । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ मा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ पुरुष र १७७ महिलामा संक्रमण पुष्टि भएको हो ।
संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट मंगलबार सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्ज मेडिकल कलेजमा १८८ को नमुना परीक्षण गर्दा १४५ , बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १६९ को नमुना परीक्षण गर्दा १०९ जना र जमुनाहा नाकामा १६ को परीक्षण गर्दा २ मा गरी कुल २५६ मा संक्रमण पुष्टि भएको थियो ।