२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काेराेनाकाे कहर

स्वास्थ्य मन्त्रालयले भन्याे : "३ हजार ५५६ मा कोरोना संक्रमण, थप १२ काे मृत्यु "

'सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ काठमाडौं उपत्यकाका '

सोमवार , बैशाख १३, २०७८

काठमाडौं, बैशाख । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ संक्रमितको मृत्यु भएको छ ।

१२ हजार चारसय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ को मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३७८ निको भएको मन्त्रालयले जनाएको छ । सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ छन् ।

यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ संक्रमित थपिएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२÷३२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार