२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

खजुरा क्यान्सर अस्पताल : 'चिकित्सकसहित नाैँमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द'

आइतवार , बैशाख १२, २०७८

नेपालगञ्ज, वैशाख । एकजना विशेषज्ञ चिकित्सकसहित नाैँ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

क्यान्सर अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । उनले सो अस्पतालका चिकित्सकसहित १० को कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएकोले अस्पताललाई सिल गरिएको बताए ।

संक्रमण पुष्टि भएका ९ मध्ये एक जना विशेषज्ञ चिकित्सक, ५  स्टाफ नर्स, एक जना ल्याब प्राविधिक र दुई जना कर्मचारी रहेको अस्पतालले जनाएको छ ।

संक्रमित भएका मध्ये ६ जना अस्पतालकै आइसोलेसनमा रहेका छन् भने ३ जना होम आइसोलेसनमा रहेका छन् । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक आचार्यले बताए ।

यसैगरि, बाँकेको राप्तीसोनारी गाउँपालिकाका १७ जना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालयलाई पनि सिल गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई संक्रमण भएपछि अन्यको परीक्षण गर्दा थप १७ जना सबै कर्मचारी संक्रमित भेटिएका थिए ।

सोहि प्रकारले नेपालगञ्जस्थित जनक शिक्षा सामाग्रीका केही कर्मचारीमा पनि संक्रमण देखिएपछि सो कार्यालय पनि बन्द गरिएको जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार