२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मलङ्गवा सीमा  नाका : “आयात मात्रै हुन्छ, निर्यात छैन” 

आइतवार , बैशाख १२, २०७८


सर्लाही, बैशाख । भारतीय पक्षले अनुमति नदिँदा सर्लाही सदरमुकाम मलङ्गवा नाकाबाट नेपाली वस्तु निर्यात हुनसकेको छैन् । यो नाकाबाट वर्षौदेखि भारतीय वस्तु मात्रै आयात हुँदै आएको छ । 
सर्लाही भन्सार कार्यालयका प्रमुख राजेशकुमार दत्तले भारतीय पक्षले मलङ्गवा नाकाबाट नेपाली उत्पादन भित्रयाउने निर्णय नगरेका कारण यताबाट कुनै पनि वस्तु भारततर्फ पठाउन नसकिएको सञ्चारकर्मीलाई बताउका छन  । 
‘ भारतको सोनवर्षा हुँदै सामग्री आइरहेका छन तर यताबाट कहिल्यै पनि कुनै वस्तु निर्यात भएको छैन्, भन्सार प्रमुख दत्तले भने, ‘भारतीय पक्षले मलङ्गवा नाकाबाट पनि आयात गर्ने अनुमतिसहितको निर्णय नगरुन्जेल यताबाट केही वस्तु जाने अवस्था हुँदैन् ।’ 
मलङ्गवा नाकाबाट नेपाली उत्पादन पठाउन पहल हुनसकेको छैन् । जिल्लामा तरकारी प्रशस्त उत्पादन हुने भएकाले यहाँबाट तरकारी निर्यात गर्ने धेरै सम्भावना रहेको किसानले बताएका छन् । 
अहिले सदरमुकाम मलङ्गवा बजारमा भारतीय तरकारी धेरै भित्रने गरेको छ । मलङ्गवा नाकाबाट भारततर्फ निकासी नहुने भएकाले तरकारीको पकेट क्षेत्र मानिने जिल्लाको उत्तरी भेगमा उत्पादित तरकारी पूर्व–पश्चिम राजमार्ग हुँदै देशकै अन्य शहरमा निर्यात हुने गरेको छ । 
भन्सार कार्यालय प्रमुख दत्तका अनुसार,  मलङ्गवा नाकाबाट धेरै मात्रामा भारतीय आलु, प्याँज भित्रने गरेको छ । धान, चामल र केही मात्रामा कपडा आउने गरेको भन्सार कार्यालयले जनाएको छ । 
अहिले भारतमा कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा पनि मलङ्गवा नाकाबाट भारतीय खाद्यान्न र अन्य सामग्री निरन्तर आयात भइरहेको भन्सार प्रमुख दत्तले बताए । उनले वस्तु आयातमा कोरोना सङ्क्रमणले कुनै प्रभाव नपरेको जानकारी दिएका छन । 
उद्योग वाणिज्य सङ्घ, मलङ्गवाका अध्यक्ष वीरेन्द्र साहले मलङ्गवा नाकाबाट केही समय अघिसम्म प्लाई निर्यात हुने गरेको भए पनि अहिले त्यो पनि ठप्प भएको बताए । ‘यहाँका प्लाईसमेत जान छाडेपछि यताबाट कुनै वस्तु निर्यात हुन सकेको छैन्, हामीले उताबाट भित्र्याउने काम मात्रै गरिरहेका छौँ’, उद्योग वाणिज्य सङ्घका अध्यक्ष साहले भने ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार