२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

धनकुटा : 'बढ्दै कोरोना, थप ६ मा संक्रमण'

आइतवार , बैशाख १२, २०७८


धनकुटा, बैशाख  । जिल्ला अस्पताल धनकुटाको ल्यावमा थप परीक्षण गरिएका २७ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबारका आठजना संक्रमितसँगै हाल धनकुटामा संक्रमितको संख्या १५ पुगेको छ ।
कोरोना पोजेटिभ हुनेमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यनरत ५ पुरुष, तीन महिला रहेका छन् । जसमा एकजना विरामी हुन भने सातजना विद्यार्थी रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
हेल्थ साइन्समा अध्ययनरत २०, १८, २१, १८ र २५ बर्षीय छात्र तथा २३ र २० बर्षीय छात्रामा संक्रमण पुष्टि भएको लगतै धनकुटा नगरपालिकाका सबै विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
विद्यालयमा अध्ययनरत संक्रमित विद्यार्थीमध्ये भोजपुरका २ महिला १ पुरुष, संखुवासभाका ३ पुरुष र धनकुटा जिल्लाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँईले जानकारी दिएका छन ।
उनका अनुसार, शनिबार थप ६ मा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ हुनेमा धनकुटाका ३, संखुवासभाका २ र तेह्थुमका १ रहेका छन् । थप संक्रमितलाई  आईसोलेसनमा राख्ने तयारी भईरहेको छ । 
धनकुटाका संक्रमित एक पुरुष, दुई महिला हाल होम आईसुलेसनमा रहेका छन् भने ५ जना संक्रमित हाल आत्मारा ढाँटस्थित निर्माणाधिन अवस्थामा रहेको औधोगिक ग्राममा उपचाररत रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाँईले जानकारी दिए ।
धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको जिल्ला अस्पताल धनकुटाको आईसोलेसनमा ५ जना संक्रमित उपचाररत छन् । 
कोरोना संक्रमणका कारण विद्यालयर्मो भर्चुअल कक्षा सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय धनकुटाको निर्णय बमोजिम विद्यालयले सर्तकता अपनाएका छन् । आईतबारबाट अनलाईन कक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार