२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : दुई हजार ४८६ सङ्क्रमित थपिए

शनिवार , बैशाख ११, २०७८

काठमाडौं, वैशाख । नेपालमा कोरोना भाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।

एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तीव्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ ।

हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ७१ जना हाल क्वारेन्टिनमा छन् ।

हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

सोही अवधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार