काठमाडाैं, वैशाख । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढिरहेकाे छ ।
नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ मा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ सङ्क्रमित पहिचान भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ७८६ , ललितपुरमा १८१ र भक्तपुरमा ८४ काे सङ्क्रमण पुष्टि भएकाे छ ।
देशभर सङ्क्रमित पहिचान भएकाेमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमित पहिचान भएकाे छ ।