२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देशभर कोरोना : "पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ मा संक्रमण "

बुधवार , बैशाख ८, २०७८

काठमाडौं, वैशाख । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ मा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । उनीहरुमध्ये १० हजार ५८२ सक्रिय संक्रमित छन् । बुधबार थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यका बाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ मा संक्रमण पुष्टि भएको छ ।

थप १० को मृत्यु

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १० को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३११२ पुगेको छ । यो कुल संक्रमितको १.०७ प्रतिशत हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार