काठमाडौं, बैशाख । नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ नयाँ सङ्क्रमितको पहिचान भएको छ ।
पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ को आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ मा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ ।
हाल आठ हजार ६५९ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९३ को एन्टीजेन परीक्षण गरेकोमा ६९ मा पोजिटिभ पाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८०६ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन सङ्क्रमितको मृत्यु भएको जनाएको छ । २४ घण्टाभित्र ११ सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् । हाल ९२ क्वारेन्टिनमा छन् ।